मगर संघ यु के वेम्ब्ली मिड्ल्सेक्स शाखाले मगर राष्ट्रिय पर्ब माघे सक्रान्ति भब्यताका साथ मनाए

By | January 18, 2012 at 11:00 pm | No comments | featured | Tags:

मगर संघ यु के वेम्ब्ली मिड्ल्सेक्स शाखाले मगर राष्ट्रिय पर्ब माघे सक्रान्ति भब्यताका साथ मनाए

लन्डन /मगर संघ यु के वेम्ब्ली मिड्ल्सेक्स शाखाले गत  १४   जनवरी २०१२ शनिबारको दिनमा ह्यारो बरों फुटबल क्लबमा मगर राष्ट्रिय पर्ब माघे सक्रान्ति भब्यताका साथ मनाएको छ ! दिनको  १.३० बजेदेखि वापा श्री हंग्स बहादुर  दर्लामी मगर ज्युले ग्रहशान्ति पुजापाठ गरि  उपस्थित सम्पूर्ण महानुभावहरुलाई वांगपानी र आशिर्बाद दिनुभएका थिए !  लन्डनका मगरहरु आफ्नो जातीय भेषभुषामा सजिएर बेलुकी ५ बजेदेखि नै माघे सक्राती मनाउन हर्शौलाकासाथ ह्यारो बरों फुटबल क्लबमा भेला भएका थिए ! 

मगर संघ यु के वेम्ब्ली मिड्ल्सेक्स शाखाका अध्यक्ष श्री मोहन बहादुर आले  ज्युको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि  मगर संघ यु के का अध्यक्ष श्री कुल बहादुर थापा  मगर र अन्य आमन्त्रित्  अतिथिहरुलाई खादा लगाई स्वागत गरेका थिए ! कार्यक्रममा मगर संघ यु के वेम्ब्ली मिड्ल्सेक्स शाखाका उपाध्यक्ष  श्री कृष्ण राना मगरले  स्वागत भाषण गर्नु भएको थियो भने वापा श्री हंग्सराज दर्लामी मगर ज्युले मगरहरुको राष्ट्रिय पर्ब माघे सक्राती बारे संक्षिपमा जानकारी दिनु भएको थियो र सस्थाका  सल्लहकार श्री प्रेम सिङ राना मगर , रन धोज राना मगर ,झ्याम बहादुर थापा मगर  तथा प्रमुख अतिथि  थापाले शुभकामना मन्तब्य दिनुभएको थियो र  अन्तमा अध्यक्ष आलेले  मगर राष्ट्रिय पर्ब माघे सक्रातिको शुभकामना मन्तव्यका साथ औपचारिक कार्यक्रम  अन्त गर्दै  सास्कृतिक टोलीलाई माइक हस्तान्तरण गर्नुभएको थियो ! 
  मगर तथा नेपाली लोक सस्कृति झल्काउने कलाकारहरुको नृत्यले दर्शकहरुलाई भरपुर मनोरंजन गरेका थिए भने सबभन्दा  सानी ७  बर्षकी नानीले झन् दर्शकहरुलाई छक्कै परेकी थिएँ ! यसै गरि हुर्रा नाचले पनि  दर्शकहरुलाई झनै मनोरंजन दिलाएका थिए ! 
   
सो अवसरमा बिगतमा झैँ यस पटक पनि कार्यक्रममा सहभागी हुने  कलाकारहरुलाई  ट्रफी प्रदान गरिएको थियो ! कार्यक्रमको औपचारिक शुभारम्भदेखी नै सुश्री मिरुना मगर ज्युले कार्यक्रम संचालन गरेकी थीइन् भने सस्कृतिक कार्यक्रम सुश्री यमुना आलेले संचालन गरेकी थीइन् साथै   डिजेद्धय  गोपाल कृष्ण  राईको  मनमुग्ध गितले सामुहिक नृत्यकारहरुले भरपूर्ण मनोरन्जन लिएका थिए ! कृष्ण राना मगरको संयोजनमा  रहेको कार्यक्रममा साउथ ह्यारो/नोर्थल्ट र ग्रीनफोर्ड प्रतिनिधिहरुको बिशेस भूमिका रहेका थिए ! अन्तमा खानपिनको सम्पूर्ण  ब्यबस्था गन्थुमान मगरको संयोजनमा रारा नेपाली रेस्टुरेन्टले गरेका थिए !
गन्ज आले
 

Comments